उद्योग बाणिज्य संघ चितवन प्रारम्भिक नतिजा अनुसार नेकपा निकट राजु श्रेष्ठ ४५५ मतले अगाडि

उद्योग बाणिज्य संघ चितवन प्रारम्भिक नतिजा अनुसार नेकपा निकट राजु श्रेष्ठ ४५५ मतले अगाडि

उद्योग वाणिज्य संघ चितवनको नेतृत्व चयनका लागि आज भएको निर्वाचनको मतगणना जारी छ ।

अध्यक्ष पदमा एक हजार ७ सय ८५ मतमा राजु श्रेष्ठलाई ११ सय २० र ज्ञानेन्द्रमान शाक्यलाई ६ सय ६५ मत प्राप्त भएको छ ।

संघको वस्तुगततर्फबाट दुर्गादत्त कँडेल २६, विनोद तिमिल्सिना २१, धनप्रसाद पोखरेल २८, सर्मिला न्यौपाने २० मत प्राप्त गरेर विजयी भएका छन् ।

उद्योग, वाणिज्य, महिला उद्यमी पदका लागि गणना भइरहेको छ ।