उद्योग बाणिज्य संघ चितवनको नतिजा कांग्रेस पक्षधरलाई झड्का नेकपा चितवन भित्र एकता कस्सिएको संकेत

उद्योग बाणिज्य संघ चितवनको नतिजा कांग्रेस पक्षधरलाई झड्का नेकपा चितवन भित्र एकता कस्सिएको संकेत

प्रकाश ज्ञवाली
पछिल्लो समय चितवनमा हुने हरेक घटना क्रममा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरका मेयर रेनु दाहाल,सभासदहरु कृष्णभक्त पोखरेल,सुरेन्द्र पाण्डे लगायतलाई जोडेर हेर्ने गरिएको छ । चाहे सानो नै किन नहोस् नेताहरुलाई चासो हुने विषय होस् वा नहोस् आमरुपमा चितवनलाई खासमा प्रचण्ड, रेनु दाहालसंग जोडेरै हेरिन्छ । गत उपनिर्वाचनमा चितवनको मतपरिणामलाई सवैभन्दा वढी यसैगरी विश्लेषण गरियो । भरतपुर महानगरको वडा नं . ६ गुमाउदा नेकपा नेतृत्वलाई पीडा त पक्कै भयो होला तर एउटै वडाको निर्वाचनको परिणामलाई लिएर पुरै पाटीको राजनीति नै सकियो कि भन्ने हिसाबले पनि व्याख्या गरियो ।
खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस, कांगेस निकटका शुभेच्छुकहरु यो परिणामवाट हौसिए, प्रचण्ड रेनु वा नेकपा नेतृत्वलाई कमजोर बनाउन खोज्ने वा देख्न चाहनेहरुले दीप प्रज्वलन नै गरे । तर कुनै एउटा बिषय वा प्रसङ्गले राजनीति धेरै तरङ्गित हेर्नु हुदैन भन्ने सन्देश मंगलबार साँझ अवेर मात्रै सकिएको उद्योग वाणिज्य संघ चितवनको मत परिणामले देखाएको छ । नेकपा चितवन झन् अब्बल र एकतावद्ध छ भन्ने सन्देश यो परिणामले देखाएको छ ।
हुन त उद्योग वाणिज्य संघ चितवनको अधिवेशनमा पार्टी देखिन हुदैनथ्यो । त्यही अभ्यास स्वरुप शुरुमा पूर्व अध्यक्ष सहितको आव्हानमा अध्यक्षका आकाँक्षीकाबिचमा गोलाप्रथा गरियो । ती मध्ये राजु श्रेष्ठ अध्यक्षमा र चुननारायण श्रेष्ठ बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा सर्वसहमत गोलाप्रथाबाटै भएकै हो । सहमति मात्रै भएन संगैसगै माडीदेखि मुग्लिनसम्म मतदाता भेट पनि चल्यो ।
तर सहमतिको मसी सुक्न नपाउदैँ चुननारायण श्रेष्ठबाट राजनीतिको शुरुवात भयो । उनले आफुसंगैको पदमा व्यवसायी विष्णु कंडेल पनि उठ्ने निश्चितप्राय भएपछि निर्वाचनसंग डराएर सहमति विपरित आफु निर्विरोध हुने बाटो खोजे । त्यो भनेको उनी पूर्णरुपमा सहमति भंङ्गको डिजाइनर भए । त्यसमा केही पूर्व अध्यक्ष पनि देखिए । विष्णु कडेँल नेपाली कांग्रेससंग निकट छन् ।
उनी निकटको पाटी नेपाली कांग्रेस कम्युनिष्ट विचारको व्यक्तिलाई हराउन पाए अर्को हौवा पिट्न पाइन्थ्यो भन्ने दाउमा थियो । चुननारायण यसैको शिकार भए । शिकार नै हुनु थियो भने अध्यक्षमा नै पुराना व्यवसायी ज्ञानेन्द्रमान शाक्यलाई पछाडी हटाएर आफै भिड्ने हिम्मत राख्न पथ्र्यो ।
विषय उनको कावुमा मात्रै थिएन नेपाली कांग्रेसको मिसन थियो रेनु प्रचण्डसंग जोडिएको व्यक्तिको हार होस् ।

राजु श्रेष्ठको हार किन सम्भव भएन ?

एक त उनी विगत ६ वर्षदेखि उद्योग वाणिज्य संघ चितवनकै सेरोफेरोमा कुनै न कुनै रुपमा थिए । बरिष्ठ उपाध्यक्षको अनुभव लिइसकेका उनी जति समय वित्थ्यो त्यति नै व्यवसायीको आँखामा थिए ।
हरेक समस्यामा उनी तत्कालै व्यवसायीको दैलोमा पुग्थे । भोट दिने व्यवसायीले पनि भोलि के गर्ला भन्दा पनि हिजो के गरिरहेको थियो भनी छानेका छन् । अर्कोतर्फ उनको सम्वन्ध चितवनका सवै तह,तप्का,राजनीतिक नेतृत्व,सरकारी निकाय जतासुकै बलियो छ । उनले भनेको सुन्ने राजनीतिक नेतृत्व छ । नेकपा अध्यक्ष प्रचण्डसंग सिधा भेट्न सक्ने हैसियतका व्यवसायी हुन् उनी । संघले उठान गरेका सवाललाई नेतृत्वसम्म पुर्याएर तत्काल समाधान खोज्न उनलाई दोस्रो व्यक्ति गुहार्न पर्दैन ।
अर्कोतर्फ भरतपुर महानगर अन्तर्गत पर्ने उवासंघ चितवनले महानगरको साझेदारीमा थुुप्रै काम पहिले पनि गरेको छ र भोलि अझ शशक्त भएर गर्नेछन् । त्यसको लागि सवैभन्दा उपयुक्त पात्र राजु थिए र भोलि झन् सहज हुने उद्योगी व्यवसायीले सहजै अनुमान लगाउन सक्छन् । सरल स्वभावका राजुलाई हारेको देख्न पाए प्रचण्डको जिल्लामा अर्को हार भन्ने शिर्षक राखौला भन्नेहरु पनि थिए ।
तर समय सधै र सबै स्थानमा उस्तै कहा हुन्छ र । उवासंघको मतपरिणामबाट हौसिन भने नेकपा समर्थकहरु हुदैन । यस्तो रस्साकस्सीलाई वुझेर चितवनमा जस्तो एकता नेकपाले हरेक ठाउँमा देखाउन जरुरी पनि छ । जे होस् अहिले जस्तो राजनीति सायदै देखिएको थियो उवासंघमा । चुननारायण श्रेष्ठको सहमति भङ्ग, नेपाली काग्रेसको कारण बनेको राजनीतिक रस्साकस्सी र यसैकाबिचमा आएको मतपरिणमामा भारी मतान्तरले राजुको जीतको पगरी । जीतलाई सहज रुपमा लिएर सबैै व्यवसायीलाई एकतावद्ध गरी व्यवसायीक हितका लागि मात्रै उनको कदम चलोस् राजु श्रेष्ठ सहितको टिमलाई हार्दिक वधाई तथा शुभकामना । (लेखक नेकपा निकट प्रेस संगठन नेपाल चितवन शाखाका संयोजक हुन् )