गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा : संसदमा कांग्रेसको अवरोध

गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा  :  संसदमा कांग्रेसको अवरोध

काठमाडौं :  पार्टीका नेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरुद्ध गरेको छ।

सभामुख अग्नि सापकोटाले बैठक सुरु गरेलगत्तै बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइएको भन्दै बैठक अघि बढ्न नदिने घोषणा गरिन्।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।