अमेरिकाविरुद्धको खेलमा कुशलले बनाए विश्व रेकर्ड

अमेरिकाविरुद्धको खेलमा कुशलले बनाए विश्व रेकर्ड

काठमाडौंः आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा अमेरिकाविरुद्ध नेपालका कुशल मल्लले विश्व कीर्तिमान कायम गरेका छन्।

कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउँदै उनले विश्व रेकर्ड राखेका हुन्। उनले सबै भन्दा कान्छो उमेरमा अर्धशतक बनाउने विश्व रेकर्ड राखे।

१५ वर्ष ३४० दिनमा कुशलले आफ्नो डेब्यु खेलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड राखेका हुन्। यो विश्व रेकर्ड यसअघि नेपालकै रोहित कुमार पौडेलको नाममा थियो।

रोहितले १६ वर्ष १४६ दिनमा युएईविरुद्ध दोस्रो एकदिवसीय खेलमा अर्धशतक बनाउँदै विश्व रेकर्ड राखेका थिए। तर कुशल मल्ले उनको रेकर्डलाई तोडेका छन्।

कुशलले ५० बलमा ५० रन बनाए। यो क्रममा उनले ४ चौका र ३ छक्का प्रहा गरे। तर उनी ५० रन बनाएर क्याच आउट भएका छन्। योसँगै नेपालको छैटौं विकेट पतन भएको छ।