एक सैनिकले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु

एक सैनिकले अन्धाधुन्द गोली चलाउँदा २० जनाको मृत्यु

थाइल्यान्ड :   एक सैनिकको अन्धाधुन्द गोली चलाउँदा थाइल्यान्डमा २० जनाको मृत्यु भएको छ ।थाइल्यान्डको राजधानी बैंककको उत्तरपूर्वमा अवस्थित नकोन रेटचासीमा ती सैनिकले गोली चलाएका थिए ।

थाइल्यान्डस्ति रक्षा मन्त्रालयका प्रवक्तालाई उल्लेख गर्दै बिबिसीले जकराफन्थ थोमा नामका ती सैनिकले सैन्य क्याम्पबाट हतियार चोर्नुअघि आफ्ना कमान्डिङ अफिसरमाथि आक्रमण गरेको जनाएको छ ।

त्यसपछि उनले उत्तरपूर्वी बैंकको सपिङ सेन्टर तथा बौद्ध मन्सिरमा गोलीबारी गरेको बताइएको छ ।

थाइल्यान्डका स्वास्थ्यमन्त्री अनुतिन चर्नविराकुलले घटनाको पुष्टि गर्दै घटनास्थलमा १६ र उपचारका क्रममा अस्पतालमा ४ जनाको मृत्यु भएको जानकारी दिएका छन् । घटनामा परी कम्तिमा पनि ३१ जना घाइते भएको र त्यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।