आँबुखैरेनी प्रहरीद्वारा १२० थान लागुऔषध सहित यूवक पक्राउ

आँबुखैरेनी प्रहरीद्वारा १२० थान लागुऔषध सहित यूवक पक्राउ

कुरिनटार :  आँबुखैरेनी प्रहरीले प्रतिबन्धित आगुऔषध बिक्री वितरण गर्ने एक यूवकलाई प्रकाउ गरेको छ । तनहुँ बन्दीपुर गाउँपालिका १ नालाका विक्रम अधिकारीलाई १४० थान विभिन्न प्रतिबन्धित लागुऔषध सहित आज पक्राउ गरेका हुन् ।
अधिकारीले अबैध रुपमा लागुऔषध बिकी वितरण गर्ने गरेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँबाट प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदी सहित खटिएको प्रहरी टोलीले उनलाई सोही स्थानबाट पक्राउ गरिएको हो ।

उनको घर कोठा खानतलासी गर्दा सुत्ने बस्ने कोठामा रहेको बेडको घर्रामा लुकाई छिपाई राखेको अबस्थामा नियन्त्रित लागू औषधहरु डाइजेपाम थान ४०, नूफिन ४० थानर फेनेरागन थान ४० गरी जम्मा १२० थान लागू औषध एम्पुलहरु फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तस्बीर : इलाका प्रहरी कार्यालय आँबुखैरेनी