पूर्वसभासद तथा नेकपाकी नेतृ माया चेपाङलाई मातृशोक

पूर्वसभासद तथा  नेकपाकी नेतृ  माया चेपाङलाई मातृशोक

गोरखा :  पूर्व सभासद तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला सचिवालय सदस्य माया चेपाङलाई मातृशोक परेको छ । माया चेपाङकी ममतामयी आमा भीम माया चेपाङको शनिबार साँझ ७ बजे आफ्नै निवास गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ बन्टारमा ८३ बर्षको उमरमा निधन भएको हो । आज आइतबार उनको अन्त्येष्टि गरिएको छ । नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य दीपक तिमल्सिना साकार, नेकपा गण्डकी गाउँपालिका अध्यक्ष सीताराम रसाइली र नेकपा गोरखाका सचिवालय सदस्य तथा वडा नम्बर ६ का वडा अध्यक्ष जीवन गुरुङको उपस्थितिमा अन्त्येष्टि गरिएको हो । आमाको पार्थिव शरिरमा छोरी  माया चेपाङले दागबत्ती दिइन् ।
जनवादी मृत्यु संस्कार अनुसार २८ गते शोकसभा हुने नेकपाले जनाएको छ ।