पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारको क्रममा मृत्यु, कामदार मृत फेला

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारको क्रममा मृत्यु, कामदार मृत फेला

काठमाडौँ :  आफ्नै घरको भान्छा कोठामा अचेत अवस्थामा फेला परेकी पूर्वसचिव अर्जुन कार्कीको श्रीमति मुना कार्कीको निधन भएको छ । उनको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु भएको हो ।

ललितपुर उपमहानगरपालिका९२, सानेपामा रहेको घरको भान्छा कोठामा गम्भिर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।

साथै उनको घरमा काम गर्ने कामदार मृत फेला परेका छन् । दाङ स्थायी घर भएका विजय चौधरी भान्सा कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।

बिहान घरबाहिर निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेर चिच्याएपछि जम्मा भएका छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए।

अहिले प्रहरीले यस घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।