इच्छाकामना २ का वडा सदस्य प्रजाको निधन, गाउँपालिकाभर आज सार्वजनिक विदा

कुुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर २ का वडा सदस्य खिर बहादुर प्रजाको निधन भएको छ । मंगलबार राती उपचारको क्रममा भरतपुर अस्पतलामा उनको निधन भएको हो ।
माघ २२ गते गाउँपालिका कार्यालय आएका प्रजालाई टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परिक्षण गर्न जादाँ बान्ता गर्न थालेपछि तत्काल गाउँपालिकाको एम्बुलेन्स मार्फत भरतपुर अस्पताल पु¥याइएको थियो । अचेत अवस्थामा अस्पताल पु¥याइएका प्रजाको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।
वडा सदस्यको निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयहरुमा सार्वजनिक विदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
चेपाङ तात्कालिन निर्वाचनमा नेकपा एमाले बाट निर्वा्चित वडा सदस्य हुन । उनको शवको आजै देवघाटमा अन्त्येष्टि गरिने तयारी भैरहेको छ ।
