जलबिरेमा ट्रक जुध्यो, नारायणगढ– मुग्लिन सडक अवरुद्ध

जलबिरेमा ट्रक जुध्यो, नारायणगढ– मुग्लिन सडक अवरुद्ध

मुग्लिन : मंगलबार बिहान इच्छाकामना ६ जलबिरेमा ट्रक जुधेको छ । आज बिहान करिब ४ः ३० बजेतिर ना ८ ख ६९८० र ना ५ ख ४०३ दुईवटा ट्रक एकाआपसमा जुधेको हो ।
दुर्घटना परि ना ५ ख ४०३ का ट्रक चालक घाइते भएका छन ।
यस्तै दुर्घटनाका कारण मुग्लिन–नारायणगढ सडक बिहानै देखि अवरुद्ध भएको छ । दुर्घटनामा परेको ट्रक हटाएर राजमार्ग खुलाउने प्रयास भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।