सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

सवारी दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

मुग्लिन :  दुर्घटनाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुई तर्फी संचालनमा आएको छ । सवारी दुर्घटनाका कारण सडकमै तेर्सिएका गाडी हटाएपछि बाटो खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आज बिहान ५ ः ५० बजे चितवनको इच्छाकमना गाउँपालिका– ६ जलविरेमा मुग्लिनबाट नारायणगढ जादैँ गरेको ना ५ ख ४०३ नंम्बरको डिब्बा ट्रक र विपरीत दिशा आउदै गरेको ना ८ ख ६९८० नंम्बरको गिट्टी बोकेको ट्रिपर आपसमा ठक्कर खादाँ ट्रकका चालक सामान्य घाईते भएका थिए।

घाइते चालकलाई उपचारको लागि काठमाडौँ लगिएको छ भने ट्रिपर चालक प्रहरीको नियन्त्रणमा छन्।