सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसको माग

सञ्चारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न नेपाली कांग्रेसको माग

काठमाडौं :  नेपाली कांग्रेसले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ ।

बिहीबार  प्रमुख प्रतिपक्ष दल  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्री बाँस्कोटाले बार्गेनिक गरेको अडियो नै प्रमाणित भएकाले बर्खास्त गर्न माग गरेका हुन ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता गर्न तयारी भइरहेको अडियो सार्वजानिक भएको छ । ‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो हाम्रा कुरा माार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।