साना जनवारको तस्करी अझै नियन्त्रणमा आएन

साना जनवारको तस्करी अझै नियन्त्रणमा आएन

काठमाडौं :  नेपालमा ठूला वन्यजन्तुको तस्करी र चोरी सिकार केही कम भए पनि प्रकृतिमा समान अस्तित्व राख्ने साना वन्यजन्तुको तस्करी भने नियन्त्रणमा आउन सकेको छैन ।

सङ्गठित अपराधका रूपमा वन्यजन्तु तस्करको जालो विश्वभर कायम रहँदा वन्यजन्तु चोरी तस्करीमा कमी आउन नसकेको हो ।

एक तथ्याङ्क अनुसार विश्वभर २० करोड डलरभन्दा बढीको वन्यजन्तु तस्करीको कारोबार हुने गरेको छ ।

जसमध्येको ठूलो हिस्सा दक्षिण एसियाली मुलुकमार्फत हुने गरेको खबर आजको गोरखापत्र दैनिकमा खबर छ।