भ्रमण बर्ष २०२० : भरतपुर महानगरपालिकाद्वारा कार र्‍याली

भ्रमण बर्ष २०२० : भरतपुर महानगरपालिकाद्वारा कार र्‍याली

चितवन :   भरतपुर महानगरपालिकाले नेपाल भ्रमण वर्ष–२०२० सँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार र्‍याली आयोजना गरेको छ । आज नारायणी नदी किनारबाट लुम्बिनीसम्म कार र्‍याली निकालेको हो ।
महानगरपालिकाको आयोजनामा उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ, पर्यटन व्यवसायी लगायतको सहकार्यमा नारायणी नदी किनारबाट १ सय ५० भन्दा बढी कार अहिले नारायणी नदीकिनारबाट लुम्बिनी निस्किएको छ।
र्‍याली बुटवल उपमहानगरपालिका हुँदै लुम्बिनी पुग्ने कार्यक्रम रहेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन्। भरतपुर महानगरपालिका र लुम्बिनी संस्कृत नगरपालिका बिच भगिनी सम्बन्ध पनि छ।
र्‍याली  पर्यटन वर्षको प्रचार संगै लुम्बिनी संगको सकार्य बढ्ने र आन्तरिक पर्यटन विकासमा समेत टेवा पुग्ने मेयर दाहालको विश्वास छ।

उनले भनिन् सरकारको सय पर्यटकीय गन्तव्यभित्र र प्रदेशको १० उत्कृष्ट गन्तव्य भित्रपनि भरतपुरका विभिन्न स्थल रहेकाले त्यसको प्रचारप्रसारसँगै लुम्बिनी आउने पर्यटकलाई भरतपुरसम्म ल्याउनमा सहज होस् भनेर र्‍याली आयोजना गरिएको हो।

करिब १ सय ५० कार र्‍यालीमा भरतपुरका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालय तथा संघसंस्थाका प्रतिनिधी र उद्योगी व्यवसायी एवं पत्रकारको सहभागिता रहेको छ।

र्‍यालीमा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल , प्रदेशसभा सदस्य विजय सुवेदी,घनश्याम दाहाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ लगायतको सहभागिता रहेका छन् ।लुम्बिनी पुगेर आजै र्‍याली भारतपुर फर्कने छ।