नयाँ पम्पलाई फागुनभित्रै स्वीकृति दिने तयारी

काठमाडौं : नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्याएको छ ।
निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
निगमले फाुगनभित्रै नयाँ पम्पको स्वीकृत दिने तयारी गरेको छ ।
प्रवक्ता गोइत भन्छन्, ‘हामीले छानबिन गरेर कार्यकारी निर्देशककोमा पठाएका छौँ, अब अन्तिम प्रक्रियामा छ, मापदण्ड पूरा गरेका र आवश्यकता रहेका स्थानमा सबैले स्वीकृत पाउने छन् ।’
आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले खबर लेखेका छन् ।
