चितवनमा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

चितवन : आफ्नै आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२७ मेघौलीमा एक व्यक्तिले आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फागुन ११ गते राति २९ वर्षीय छोराले ७० वर्षीय आमालाई बलात्कार गरेको भन्दै प्रहरीले छोरालाई पक्राउ गरेको हो । छोरालाई पक्राउ गरी अहिले मुद्दा चलाएको प्रहरीेले जनाएको छ ।
