आज कतै वर्षा कतै हिमपातको सम्भावना

आज कतै वर्षा कतै हिमपातको सम्भावना

काठमाडौं  :  देशका पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ उल्लेख गर्दै महाशाखाले मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका साथै पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।