सन्दीप लामिछानेको रचे इतिहास, टी– २० क्रिकेटमा १०० विकेट पूरा

सन्दीप लामिछानेको रचे इतिहास, टी– २० क्रिकेटमा १०० विकेट पूरा

काठमाडौं :  सन्दीप लामिछानेले टी–२० क्रिकेटमा इतिहास रचेका छन् ।सन्दीपले अन्तर्राष्ट्रिय टी–२० र टी– २० फ्रेन्चाइज लिगमा शतक विकेट लिएर नयाँ इतिहास बनाएका हुन् ।

शनिबार थाइल्याण्डमा जारी इस्टर्न रिजन टी(२० प्रतियोगिता अन्तर्गत मलेसी विरुद्धको खेलमा एकै ओभरमा २ विकेट लिएर सन्दीपले आफ्नो क्यारियरमा टी(२० क्रिकेटमा १०१ विकेट लिएका हुन् ।

सन्दीपले राष्ट्रिय टोलीबाट अहिलेसम्म १८ खेलमा ३० विकेट लिएका छन् । उनले अन्तर्राष्ट्रिय टी(२० क्रिकेट खेल भने १९ वटा खेलेका छन् । उनले सन् २०१८ को मे ३१ मा वेस्ट इन्डिज र वर्ल्ड इलेभेनबीच भएको खेलमा अन्तर्राष्ट्रि टी(२० क्रिकेट डेब्यू खेलका रूपमा वल्ड एलेवेनबाट खेलेका थिए ।

त्यस्तै टी(२० फ्रेन्चाइज लिगमा अहिलेसम्म ७२ विकेट लिएका छन् ।

सन्दीपले फ़्रेन्चाइजी क्रिकेटमा आइपिएलमा १३ विकेट लिएका छन् भने बिग बास लिगमा २७, क्यारेबियन प्रिमियर लिगमा १५, पाकिस्तान सुपर लिगमा ११, अफगानिस्तान प्रिमियर लिगमा २ र बंगलादेश प्रिमियर लिगमा ४ विकेट लिएका छन् ।