महिला कुट्ने इन्सपेक्टर परे कारबाहीमा

महिला कुट्ने इन्सपेक्टर परे कारबाहीमा

काठमाडौँ  : एक महिला माथी कुटेको आरोपमा इन्सपेटर देवी प्रसाद पौडेल कारबाहीमा परेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट सरुवा गरिएको छ ।

प्रारम्भिक छानबिनमा उनको गल्ती देखिएपछि हटाइएको हो । गत बिहीबार पूर्व जर्नेल हेम खत्रीको घरमा धर्ना दिन गएका महिलालाई उनले कुटेका थिए । बच्चा बोकेकी एक महिलालाई निर्घात कुटेको भिडियो बाहिर आएपछि छानबिन समेत सुरु भएको छ । पूर्व जर्नेल खत्रीले एक महिलालाई बिहे गर्ने भनेर शोषण गरी कन्तबिजोक बनाएको भन्दै महिलाहरु उनको घरमा गएका थिए ।