प्रधानमन्त्री ओली भोलि अस्पताल भर्ना हुने, बुधबार मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री ओली भोलि अस्पताल भर्ना हुने, बुधबार मिर्गौला प्रत्यारोपण

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने भएका छन्।

प्रधानमन्त्री ओलीले नेकपाको सचिवालय बैठकमा आफ्नो स्वास्थ्य उपचारबारे जानकारी गराएपछि उनले भोलि अस्पताल भर्ना हुने जानकारी गराएको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘उहाँ भोलि नै अस्पताल भर्ना हुनुहुनेछ,’ उनले भने, ‘बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ।’