विश्वभर कोरोनाको संक्रमण बढ्न थालेपपछि स्वदेश फर्कन थाले नेपाली

विश्वभर कोरोनाको संक्रमण बढ्न थालेपपछि स्वदेश फर्कन थाले नेपाली

काठमाडौँ :  श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् ।

कतिपय संक्रमित देशले अध्यागमन क्षेत्रबाटै कतिपय नेपालीलाई फर्काएका छन् ।

संक्रमित देशबाट नेपाल फर्कने क्रम बढेसँगै नेपाल सरकारले पनि केही श्रम गन्तव्य जान रोक लगाउने तयारी गरेको छ । आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले खबर लेखेका छन् ।