मौसम : आज पनि केही स्थानमा वर्षाको सम्भावना

मौसम :  आज पनि केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं  :  हाल देशमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल देशैभरि मौसम सामान्यतया सफा रहेको जानकारी दिँदै महाशाखाले आगामी २४ घण्टामा पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले मंगलबार ९आज० दिउँसो पूर्वी, मध्य तथा पश्चिमी पहाडी भू–भागमा बदली रही तराईका भू–भागमा सामान्यतय मौसम सफा रहने जनाएको छ । मध्य, पूर्वी तथा पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

मंगलबार राति पूर्वी, मध्य तथा पश्चिमी पहाडी भू–भाग बदली रही तराईका भू–भागमा सामान्यतय मौसम सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बुधबार दिउँसो पहाडी भू–भागमा बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बुधबार राति पहाडी भू–भागमा बदली रही बाँकी भागमा सामान्यतया मौसम सफा रहने छ । पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो पहाडी भू– भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

त्यस्तै बिहीबार राति पश्चिमी र मध्यका केही स्थानमा तथा पूर्वी पहाडका एकदुई स्थानमा मेघ गर्जन रचट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।