वामदेव गौतमको राष्ट्रिय सभा यात्रा अवरुद्ध

वामदेव गौतमको राष्ट्रिय सभा यात्रा अवरुद्ध

काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने प्रक्रिया रोकिएको छ ।गत साता बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो ।

राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत अर्थमन्त्री डा। युवराज खतिवडाको समय सकिएपछि सोही स्थानमा गौतमलाई लैजाने तयारी भएको थियो ।

खतिवडाको राष्ट्रिय सभा सदस्यको कार्यकाल मंगलबारबाट सकिएको छ ।

आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेखेका छन् ।