छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव स्थगित

आँबुखैरेनी : तनुहँको आँबुखैरेनी स्थित छिम्केश्वरीमा हुने भनिएको छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ स्थगित भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै यही फागुन २५ गते देखि फागुन २७ गते सम्म संचालन हुने भनिएको छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ स्थगित गरिएको हो ।
आँबुखैरेनी गाउँपालिकालेकोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महोत्सव स्थगित गरिएको सुचना प्रकाशित गरि जानकारी दिएको हो ।
