कोरोनाको त्राससगैँ मास्कको मुल्य ह्वात्तै बढ्यो

कोरोनाको त्राससगैँ मास्कको मुल्य ह्वात्तै बढ्यो

काठमाडौं :  कोरोना भाईरसको सम्भावित संक्रमणबाट बच्न मस्कको माग बढेसंगै कालोबजारी सुरु भएको छ । मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मुल्यु तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन । माग बढेसंगै औषधी पसलेले अस्वभाविक मुल्य बढाएर बेच्न थालेका छन ।

कृतिम अभाव सिर्जना गरि महंगोमा मास्क बेचेर रातारात पैसा कमाउने ब्यापारीको समुह यस धन्दामा लागेको छ । कास्की प्रशासनले बिहीबार पोखरामा गरेको बजार अनुगमनका क्रममा अस्वभाविक मुल्य लिएर मास्क बिक्रि गरेको फेला परेको छ । अस्वभाविक मुल्यमा मास्क बेच्ने औषधी पसल सञ्चालकलाई कारवाही गर्ने प्रशासनले जनाएको छ ।

ति औषधी पसलेहरुले १० रुपैयाँ पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई ४ सय ५० रुपैयाँमा विक्रि गरेको भेटिएको हो । आजको नागरिक दैनिकमा सन्तोष पोखरेल र अर्जुन ओलीको समाचार प्रकाशित छ ।