कोरोना भाईरसको प्रभाव : थुप्रै आयोजना अन्यौलमा

कोरोना भाईरसको प्रभाव :  थुप्रै आयोजना अन्यौलमा

काठमाडौं :  छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाईरसको प्रभाव नेपालको विकास निर्माणमासमेत पर्न थालेको छ । हालसम्म प्रदेश २ र सुदुरपश्चिमबाहेक सबै प्रदेशका दर्जनभन्दा बढी सरकारी तथा निजी लगानीका ठूला तथा साना विकाश निर्माण आयोजनाका काममा कोरोनाको प्रत्यक्ष प्रभाव परिसकेको छ । अप्रत्यक्ष प्रभावको लेखाजोखा छैन ।

चीनबाट आयात हुने उपकरण कोरोनाका कारण रोकिएको र नयाँ बर्ष मनाउन स्वदेश गएका चिनियाँ ठेकेदार, ईन्जिनियर र कामदार उतै अड्किएकाले आयोजनाहरु प्रभावित भएका हुन ।

नेपालमा काम गर्न तीन बर्षयता श्रम स्विकृति लिएको विदेशी कामदार मध्ये सबैभन्दा बढी ६० प्रतिशत चिनियाँ छन । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।