कोरोनाका कारण कुन देशमा कति जनाको ज्यान गयो ? ,विरामी र मृतकको तथ्याङ्क सहित

कोरोनाका  कारण  कुन देशमा कति  जनाको   ज्यान गयो   ? ,विरामी र मृतकको तथ्याङ्क सहित

काठमाडौं :  चीनको बुहानमा गत डिसेम्बरको अन्तीम समय देखिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ । कोरोनाले विश्वभर नै त्रासदी बनाएको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टअनुसार चीनमा देखिएको कोरोना अहिले विश्वका ८१ मुलुकमा फैलिएको छ ।

चीनसँगै अन्य १६ देशमा कोरोनाको कारण मानिसहरुको ज्यान गईसकेको छ । जनाइएअनुसार कोरोनाको कारण चीनसहित विभिन्न १६ देशमा ३२८२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका पछिल्लो तथ्यांकअनुसार विश्वभर ९७ हजारभन्दा बढि मानिस कोरोनाबाट पीडित छन् ।

चीनमा ३ हजारभन्दा बढिको मृत्यु

डिसेम्बरको अन्त्यमा देखिएको कोरोनाबाट चीनमा अहिलेसम्म ३०१५ जनाको ज्यान गएको छ । जनाइएअनुसार ८० हजारभन्दा बढि व्यक्ति संक्रमित छन् । चीनमा बिहिबार मात्रै कोरोनाको कारण ३० जनाको ज्यान गएको । जसमध्ये २९ जना हुबेइको बुहान शहरका छन् ।

अमेरिकामा पनि १२ जनाको मृत्यु

सुरक्षित मानिएको अमेरिकामा पनि कोरोनाको पछिल्लो तथ्यांक डरलाग्दो गरि आएको छ । न्यूयोर्क टाईम्सका अनुसार कोरोनाबाट बिहिबारसम्म अमेरिका १२ जनाको ज्यान गएको छ भने २१५ जना संक्रमित देखिएका छन् । जनाइएअनुसार मर्नेमध्ये अधिकांश जापानदेखि जहाजमा आएका थिए ।

कुन देशमा कति संक्रमित देखिए ?

देश संक्रमण  मृत्यु
चीन 80425 3013
द. कोरिया 6284 40
इटली 3858 148
ईरान 3513 107
जापान 1036 8
जर्मनी 545 0
फ्रांस 423 7
स्पेन 282 3
अमेरिका 215 12
स्विट्जरलैंड 119 1
सिंगापुर 117 0
ब्रिटेन 116 1
हङकङ 105 2
स्वीडन 94 0
अस्ट्रेलिया 53 1
थाईलैंड 47 1
ताइवान 44 1
इराक 35 2
सैन मारिनो 21 1