आँबुखैरेनीका एक युवाले मस्याङ्गदीमा हाम फालेर आत्महत्या गरे

आँबुखैरेनीका एक युवाले मस्याङ्गदीमा हाम फालेर आत्महत्या गरे

आँबुखैरेनी :  गएराती तनहुँको आँबुखैरेनीका एक युवाले मस्र्याङ्गदी नदीमा हाम फालेर आत्महत्या गरेका छन् ।आँबुखैरेनी गाउँपालिका ३ तल्लो बजारका होटल व्यवसायी ३१ वर्षीय अनुप श्रेष्ठले गएराति अन्दाजी ८ बजे तिर गोरखा जाने मस्र्याङ्गदी पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
नदीमा हामफालेका श्रेष्ठको राति नै उद्दार गरे पनि स्थानीय आँबुखैरेनी हाडजोर्नी अस्पतालमा पु¥याउदाँ अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । मृतक श्रेष्ठले आत्महत्या गर्नु अघि पुलमा मोबाईल, टोपी, ज्याकेट छाडिए पनि सुसाईट नोट फेला नपरेकोले आत्महत्या गर्नुको कारण नखुलेको पनि प्रहरीले जनाएको छ ।
मृतक श्रेष्ठको परिवारमा श्रीमती र साढे २ वर्षको छोरो रहेको पारिवारिक श्रोतले बताएको छ ।