आज पूर्वी र पश्चिमी भेगमा आँशिकदेखि सामान्य बदली हुने

आज पूर्वी र पश्चिमी भेगमा आँशिकदेखि सामान्य बदली हुने

काठमाडौं :  देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव कायम रहेको छ । देशको पूर्वी र पश्चिमी भेगमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पूर्वी भू–भाग लगयत पश्चिमी पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पुर्वी र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पुर्वी पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।