नेपालमा औषधि अभाव हुन दिन्नौं : उत्पादक

नेपालमा औषधि अभाव हुन दिन्नौं : उत्पादक

काठमाडौं :  नेपाल औषधि उत्पादक संघले औषधिको अभावन हुन नदिने बताएको छ ।भारतले केही औषधि निर्यातमा रोक लगाएको र चीनबाट आयात रोकिएको अवस्थामा पनि नेपालमा उत्पादन हुन सक्ने कुनै पनि औषधि अभवा नहुने संघको दाबी छ ।

‘विदेशीलाई हारगुहार गर्नुको सट्टा नेपाली उत्पादकसँग सहकार्य गर्नुहोस्,’ संघले विज्ञप्तिमार्फत सरकारसँग आग्रह गर्दै भनेको छ , ‘हामी सहज सुलभ र गुणस्तरीय औषधि पुर्याउन सदैव तत्पर र सक्षम पनि छौं ।’

आजको नागरिक दैनिकमा समाचार छ ।