चीनमा कोराना संक्रमित राखिएको होटल भत्कियो, ७० जना पुरिए

चीनमा कोराना संक्रमित राखिएको होटल भत्कियो, ७० जना पुरिए

एजेन्सी – चीनमा को ग्वांगझु शहरमा कोरोना संक्रमितहरुलाई राख्न बनाईएको आईसोलेसन सेन्टरको पाँच तल्ले भवन अचानक भत्किएको छ । दक्षिणपूर्वी चीनको तटवर्ती शहर ग्वांगझुमा भएको यो घटनाका कारण भवनमा रहेका ७० जना भग्नावशेषमा पुरिएका थिए ।

ग्वांगझु नगरपालिका प्रशासनका अनुसार उद्धारका लागि १४७ जना उद्धारकर्ताहरुलाई परिचालन गरिएको छ । उद्धारकर्ताहरुले चार घण्टाको अवधीमा अवेर रातीसम्म ३८ जनाको जिवितै उद्धार गरेका छन ।

अझैपनि भग्नावशेषमा ३० भन्दा बढी मानिसहरु पुरिएका छन । उनिहरुको उद्धारका लागि एकहजार फायरकर्मीहरुलाई तालिम प्राप्त कुकुरहरुका साथमा घटनास्थल पठाईएको छ । नगरपालिका प्रशासनका अनुसार ३६ ईमरन्जेन्सी क्रेन र एक्साभेटर, ६७ दमकल, १५ एम्बुलेन्स र सैयौं चिकित्सकहरुलाई घटनास्थल तर्फ पठाईएको छ ।

चिनिया सरकारी समाचार संस्था शिन्हुवाका अनुसार पुजियान प्रान्तमा रहेको यो आइसोलेसन सेन्टरमा ८० कोठा भएको होटल ग्वांगझु शिन्जियामा बनाईएको थियो । शनिवार साँझ साढे ७ बजे भत्किएको यो भवनमा कोरोना भाईरस नियन्त्रणकार्यमा संलग्न जनशक्तिलाई राखिएको थियो ।

उनीहरु आफ्नो कर्तब्य पालनकै क्रममा कोरोना भाईरसबाट संक्रमित पनि भैसकेका थिए । ताईवानको खाडीमा करिब ८० लाखको आवादी रहेको शहर ग्वांगझुमा रहेको यो होटल जुन २०१८ मा खोलिएको थियो ।