सिमलतालमा रोकिराखेको ट्रकमा बस ठोक्किदाँ ११ जना घाईते

सिमलतालमा रोकिराखेको ट्रकमा बस ठोक्किदाँ ११ जना घाईते

मुग्लिन,२६ फागुन । रोकिराखेको ट्रकमा बस ठोक्किदाँ ११ जना घाईते भएका छन् । नारायणगढ- मुग्लिन सडक खण्ड अन्तरगत सोमबार बिहान ३.४० बजे भरतपुर महानगरपालिका –२९ ,सिमलतालमा ना ५ ख ९६२२ नंको रोकिराखेको ट्रकमा कटारीबाट काठमाडौ जाँदै गरेको ना ६ ख १५९२ नम्बरंको बसले ठक्कर दिँदा बसमा सवार १० जना र ट्रक चालक घाईते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

घाईते ५ जनाको नयाँ मेडिकल कलेज भरतपुर र बाकि ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईते सबैको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने बस र ट्रकलाई नियन्त्रणमा लिएको छ ।