अझै ‘कोरोनाको संक्रमण रोक्ने तयारी नै पुगेको छैन’

काठमाडौं : कोरोना भाइरस नेपालको कुना कुनामा गइसकेको छ ।एक्कासि धेरै मानिसको मृत्यु भयो या धेरै बिरामी भए भने मात्र यसको प्रभाव के हो भन्ने थाहा हुन्छ ।
बितेका २ वर्षमा निमोनिया र श्वासप्रश्वासको समस्याबाट कति मान्छेको मृत्यु भयो र कति निको भएर फर्किए भन्ने तथ्यांक अहिलेसम्म बाहिर आएको छैन ।
अब आउने तथ्यांकलाई सरकारले नलुकाई बाहिर ल्याउनुपर्छ ।
नेपालबाट अस्ट्रेलिया गएका व्यक्तिमा कोरोना भाइरस प्रमाणित भइसकेको भनेपछि यहाँ छैन भन्न मिल्दैन । यत्ति हो कि कोरोनाले उग्र रूप लिएको छैन र बिरामीहरू अस्पताल भर्ना भइसकेका छैनन् ।
हाम्रोमा तयारी नै पुगेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा कुनामा मात्र थर्मोमिटर राखेर केही हुनेवाला छैन ।
कोरोनाको संक्रमण देखापर्न २ देखि १४ दिन लाग्छ । यस बीचमा रोगको लक्षण नै देखिँदैन, ज्वरो आउँदैन, रुघाखोकी लाग्दैन, तर उसको सासबाट भाइरस बाहिर आइरहेको हुन्छ ।
स्वस्थ देखिएको व्यक्तिमा संक्रमण भई कोरोनाको संकेत नदेखिए पनि अर्को व्यक्तिलाई रोग सर्न सक्छ ।
रोगको लक्षण नदेखिईकन अर्को मान्छेलाई भाइरस सर्न सक्छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण भइसकेका देशबाट खुलेआम मान्छे भित्रिए, भित्रिरहेका छन् ।
नेपाल समाचारपत्र दैनिकमा भगवती तिमस्लिनाले यो समाचार लेखेकी छन् ।
