कोराना विश्वमा सयभन्दा बढी देशमा फैलियो, ३८०० बढीको मृत्यु

कोराना  विश्वमा सयभन्दा बढी देशमा फैलियो, ३८०० बढीको मृत्यु

चीनबाट फैलिएको कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३८ सय नाघेको छ । अहिलेसम्म संक्रमितहरुको संख्या एक लाख १० हजार पुगेको छ ।

कोरोनाको माहामारी सयभन्दा बढी देशमा फैलिईसकेको छ । विश्व स्वास्थ्य संगठनले पछिल्लो पटक जानकारी गराए अनुसार क्यानाडामा कोरोनाका कारण पहिलो ब्यक्तिको मृत्यु भएको छ । नयाँ १४ संक्रमितसहित कुल संक्रमितको संख्या ७१ पुगेको छ ।

कोरोना भाईरसको महामारीकै कारण ईरानमा अहिलेसम्म २ सय ३७ जनाले ज्यान गुमाईसकेका छन । त्यस्तै महामारीका कारण जटिल स्थिति उत्पन्न हुन नदिन भन्दै ईरान सरकारले ७० हजार कैदीहरुलाई रिहा गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीन बाहिरका मुलुकमा ३ हजार ९ सय ४० नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या २८ हजार ६ सय पुगेको छ । चीन बाहिरका देशमा मृत्यु हुनेको संख्या हालसम्म ६ सय ८६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । -एजेन्सी