नेपाल सरकारद्वारा आजदेखि ८ देशका नागरिकलाई ‘अन अराइभल भिसा’ रोक

नेपाल सरकारद्वारा आजदेखि ८ देशका नागरिकलाई ‘अन अराइभल भिसा’ रोक

काठमाडौं  :  मंगलबारदेखि आठ देशका नागरिकले नेपालमा ‘अन अराइभल भिसा’ नपाउने भएका छन् ।कोरोना (कोभिड–१९) को धेरै प्रभाव भएका चीन (हङकङ र ताइवानसहित), जापान, दक्षिण कोरिया, इटाली, इरान, फ्रान्स, स्पेन र जर्मनीका नागरिकले अन अराइभल भिसा नपाउने भएका हुन् ।

सरकारले पाँच देशको हकमा गत साता नै निर्णय गरेकोमा फ्रान्स, स्पेन र जर्मनीका नागरिकलाई नदिने निर्णय सोमबार मात्रै गरेको हो ।

यी देशका नागरिक नेपाल आउन चाहे अग्रिम रूपमा नेपाली मिसनहरूबाट भिसा लिनुपर्ने हुन्छ ।

उनीहरूले आफूमा कोरोना संक्रमण नभएको स्वास्थ्य रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरिएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।

आजको नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित छ ।