घरमा बसीरहेका व्यक्ति माथि सांघातिक आक्रमण : गम्भीर घाइते नर्हकीको चितवनमा उपचार हुदै

घरमा बसीरहेका व्यक्ति माथि सांघातिक आक्रमण : गम्भीर घाइते नर्हकीको चितवनमा उपचार हुदै

गोरखा :  जिल्लाको पालुङ्टार नगरपालिका–८ धुवाँकोटका एक युवामाथि समुहका आएका व्यक्तिहरुले सांघातिक आक्रमण गरेका छन् । ४र५ जनाको समुहमा आएका व्यक्तिहरुले घरमा बसीरहेका बेला धुवाँकोट ८ लामाटारका सञ्जय नहर्कीकोलाई कुटपिट गरेको स्थानीयले बताएका छन् । बुधबार बिहान करिब १० तिर घरमै पुगेर उनिहरुले आक्रमण गरेका हुन् ।

आक्रमण किन गरिएको भन्ने बारेमा समेत खुल्न नसकेको बताइएको छ । गम्भीर घाइते नहर्कीको निधार तथा आँखामा गम्भीर चोट लागेको जनाइएको छ । आक्रमणमा संलग्न भनिएका सुवास वि.क, अमन वि।क, कुमार वि.क र मनिष पन्थलाई प्रहरीले मंगलबार नै पक्राउ गरिसकेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते नहर्कीलाई चितवन मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरी उपचार भइरहेको छ । उपचारको क्रममा समेत फोन गरी मेडिकल प्रशासनलाई समेत खर्च कम गराइदिनु भन्ने जस्ता कुराहरु गर्दै फोन समेत पिडक पक्षले बताएका छन् ।