भूम्लिचोक र फिस्लिङ जोड्ने पुलको काम तीब्र गतिमा, तोकिएको समयअगावै निर्माण सम्पन्न गर्ने लक्ष्य

भूम्लिचोक र  फिस्लिङ जोड्ने  पुलको काम तीब्र गतिमा, तोकिएको समयअगावै निर्माण सम्पन्न गर्ने लक्ष्य

दान बहादुर गुरुङ

फिस्लिङ :  चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ र गोरखाको गण्डकी गाउँपालिका स्थित भूम्लिचोक जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेबल पुलको काम तीब्र गतिमा अघि बढीरहेको छ । २०७३ चैत बाट निर्माण कार्य सुरु भएको उक्त पुलको ७५ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर सागर बस्नेतले जानकारी दिनुभयो । सपना—टुण्डी—लामा जेभिले निर्माणको जिम्मा लिएको उक्त पुलको म्याद एक बर्ष बाँकी छँदै ७५ प्रतिशत काम सकिएको हो ।

२०७७ फागुन सम्म पुल निर्माणको म्याद रहेको छ । बीचमा केही समस्या नआए तोकिएको समय अगावै पुल निर्माण सम्पन्न हुने इन्जिनियर बस्नेतको भनाई छ । २०७७ असार मसान्त सम्ममा ९५ प्रतिशत काम सकिने गरि तीब्रता दिएको उहाँको भनाई छ । यस पुल निर्माण सम्पन्न भएसगैँ धादिङको बेनीघाटबाट आवात जावत गर्नु पर्ने समस्यबाट मुक्त हुनेछन् । यस पुलबाट गाउँपालिकाको कार्यालय भुम्लिचोक पुग्न ४५ मिनेट लाग्छ भने बेनीघाट हुदैँ जाँदा लगभग १ घण्टा ३० मिनेट लाग्ने गर्दछ । यस सपना—टुण्डी—लामा जेभी ले त्रिशुली नदीमा चार वटा मोटरेबल पुल निर्माण गरिरहेको छ ।

तस्बीर : दान बहादुर गुरुङ