प्रधानमन्त्री  र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री  र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी दिएका छन् । उनले मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।