सामाजजिक संस्था ताक्लुङ हेल्पीङ हेन्ड्स फाउन्डेसन गठन

गोरखा, जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर ४ र ५ साबिकको ताक्लुङ गा।बिसका यूवाहरुद्वरा ताक्लुङ हेल्पीङ हेन्ड्स फाउन्डेसन गठन गरिएको छ ।
दुख पीडामा परेकाहरुलाई निश्वार्थ सहयोग गर्ने उदेश्यले काठमाडौँ नयाँबजारमा एक कार्यक्रमबिच विभिन्न समाजसेवी ,बुद्धिजीवी लगाएतको उपस्थितिमा कमल बाबु परियारको अध्यक्षतामा ताक्लुङ हेल्पीङ हेन्ड्स फाउन्डेसन गठन गरिएको हो ।
समितिको उपाध्यक्षहरुमा बिन्दु थापा परियार र सरु थपा, महासचिवमा लक्ष्मण काप्री, कोषाध्यक्षमा शुशिला थापा र सह– कोषाध्यक्षमा साधुराम काप्री रहेका छन् ।
यसै गरि अन्य सदस्यहरुमा जनक थापा,कमल बहादुर राना, जगन रेग्मी ,सबिना थापा, हेम बहादुर राना र प्रतीक लामिछाने रहेका छन् ।
आगामि दिनहरुमा यस सामाजिक संस्थाले निश्वार्थ रुपमा कसैलाई विवेध नगरी काम गर्ने गर्ने महासचिव लक्ष्मण काप्रीले बताउनुभयो ।
यस संस्थाले विशेष गरि विभिन्न प्रणघातक रोग जस्तै क्यान्सर मृगौला लगायतका रोगीहरु, प्राकृति प्रकोपमा परेका पीडित, शिक्षा क्षेत्र, अनाथ बालबालिका र महिलाहरुको हकहितका लागि काम गर्ने महासचिव काप्रीको भनाइ छ ।
सहिद लखन गाउँपालिका वडा न.५ का मृगौला रोग पीडित लिल बहादुर राना मगरलाई चाडैँ नै संस्थाको मातहतबाट नै आर्थिक सहयोग गर्ने महासचिव लक्ष्मण काप्रीले बताउनुभयो ।
यो संस्थाको कार्यालय शहिद लखन गाउँपालिका वडा नम्बर ४ मा रहने छ भने सम्पर्क कार्यालय काठमाडौ का.न.पा। वडा न।३ महाराजगञ्जमा रहनेछ ।
