आज पश्चिम, मध्य र पूर्वी भू–भागमा सामान्य बदली, पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा

आज पश्चिम, मध्य र पूर्वी भू–भागमा सामान्य बदली, पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा

काठमाडौं  : मुलुकभर पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।देशको पश्चिमी भू–भागमा सामान्य बदली रहि देशको मध्य र पूर्वी भू–भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँँकी भू–भागमा आंशिक बदली रहनेछ।

पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ।