नेपाली कांग्रेसमा सभापति र महामन्त्रीबीच द्वन्द्व बढ्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस जहिल्यै गुट राजनीतिमा फस्दै आएको छ ।कांग्रेसमा नेता र पार्टीभन्दा हरेक निर्णयमा गुट हावी देखिँदा हरेकजसो निर्णयमा किचलो उत्पन्न हुँदै आएको छ ।
नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउँदा भागबण्डामा सहमति गर्न एक ठाउँ उभिएका नेताहरू पछिल्लो समय सभापति शेरबहादुर देउवाले आफू अनुकूल रिक्त विभाग गठन गर्दै अघि बढेपछि कांग्रेसभित्रको विवाद सतहमा देखिएको थियो ।
पछिल्लो समय सो विवादको अन्त्य नहुँदै नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को जिल्ला नेतृत्वको विवादले सभापति देउवा र महामन्त्री डा। शशांक कोइरालाबीचको द्वन्द्व सतहमा देखिएको छ ।
कांग्रेस जिल्ला नेतृत्वको विषयमा सभापति देउवाले कार्यवाहक सभापति रहिरहेका अर्जुन पोखरेललाई हटाएर विष्णुप्रसाद पौडेललाई सभापति बनाएपछि सभापति देउवा र महामन्त्री कोइरालाबीच द्वन्द्व बढेको हो ।
आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन् ।
