युवा समाजसेवी अभियान श्रेष्ठद्वारा आँबुखैरेनीमा डिसइन्फेक्टेण्ट स्प्रे छरियो

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३, निवासी युवा समाजसेवी अभियान श्रेष्ठले आँबुखैरेनीको मुख्य मुख्य क्षेत्रमा कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि डिसइन्फेक्टेण्ट स्प्रे छर्नुभएको छ । विश्वब्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाईरसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोरोना भाईरसको संक्रमण हुन नदिन नेपाल तरुल दल आँबुखैरेनी इकाईका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका युवा समाजसेवी श्रेष्ठले मंगलबार बिहान ८ बजे देखि दिउँसो ३ बजे सम्म आँबुखैरेनी गाउँपालिकाको मुख्य मुख्य क्षेत्रमा डिसइन्फेक्टेण्ट स्प्रे छर्नुभएको हो ।
कोरोना भाईरस संक्रमण हुने सम्भावित क्षेत्र गाउँपालिका कार्यालय, स्वास्थ्य चौंकी, वडा नं। २,३ र ५ को कार्यालय, पञ्चायत भवनदेखि ढकालटार पुल सम्म, मिलनचोक, सैबोटे टोल, मिलनचोक देखि पानी घट्ट सम्म, पाउरोटी भण्डार, पिप्ले, नमूना खत्री टोल, चिसापानी टोल, आँबुखैरेनी चोक देखि डाँडा टोल सम्म स्वंयम आफु नै दिनभर खटेर डिसइन्फेक्सन स्प्रे छरेको युवा समाजसेवी श्रेष्ठले बताउनुभयो । कोरोना भाईरस नियन्त्रण तथा रोकथामको लागि डिसइन्फेक्सन स्प्रे छर्न छुटेको यस क्षेत्रको अन्य ठाउँमा डिसइन्फेक्टेण्ट स्प्रे छर्नु परेमा मोबाईल नम्बर ९८१९१८४००० मा सम्पर्क गर्न श्रेष्ठले आग्रह गर्नुभएको छ ।
यसैगरी, युवा समाजसेवी अभियान श्रेष्ठले दैनिक ज्यालादारी काम गरी जिवन गुजारा गर्दै आएका मजदुर, आश्रममा बसोबास गर्ने बद्धबृद्धा, जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका विपन्न वर्गहरुलाई कारोना भाइरसबाट बच्न तथा बचाउनको लागि आज ९बुधबार० स्वास्थ्य सामाग्री वितरण गर्ने तयारी गर्नुभएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, नेपाली कांगे्रस आँबुखैरेनी गाउँ कार्य समितीको विशेष पहल तथा नेपाल तरुल दल आँबुखैरेनी इकाईका वरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठको सहयोगमा गाउँपालिकाको सम्पूर्ण वडाहरुलाई समेट्ने गरी ती वर्गका व्याक्तिहरुलाई १ हजार थान सेनिटाईजर, १ हजार थान डिटोल साबुन र ५ हजार थान मास्क वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो ।
