प्रत्येक घरमा माक्स र साबुन पुर्याउदै भरतपुर महानगरपालिका २५ का वडा अध्यक्ष भुजेल

प्रत्येक घरमा माक्स र साबुन पुर्याउदै भरतपुर महानगरपालिका २५ का वडा अध्यक्ष भुजेल

सुमन सुबेदि

भरतपुर २० चैत्र,

भरतपुरमहानगरपालिका  वडा नम्बर २५ ले आफ्नो वडा भित्र रहेका २० टोलबिकास संस्था  लाई भाइरसबाट जोगाउन सहयोग पुर्याउने माक्स र साबुन हस्तान्तरण गरेर प्रतेक घर- घरमा साबुन र माक्स पुर्याउने कार्यको थालनी गरेको छ।

आज वडानम्बर २५ मै एक कार्यक्रम आयोजना गर्दै कोरोना भाइरसको कारण विश्वभरी त्रास फैलिएको बेला आफ्नो वडा वासिलाई संघीय तथा स्थानीय  सरकारको निर्णय  पालना गर्न वडा अध्यक्ष बिजय कुमार भुजेलले आग्रह समेत गर्नु भयो। प्रत्येक  टोल विकास संस्थालाई मास्क र साबुन हस्तान्तरण कार्यक्रम अन्तर्गत  आज सुन्दर बगेरघारी टोल विकास संस्थालाई वडाका प्रतिनिधि,सुरक्षाकर्मी लगायत सामाजिक ब्याक्तित्वहरुको उपस्थितिमा  सरकार द्वारा निर्देसित सामाजिक दुरि कायमगर्दै सामाग्री हस्तान्तरण गरि कार्यक्रम सम्पन भएको थियो।