नेपाली कांग्रेस इच्छाकामना द्वारा राहात सामाग्री हस्तान्तरण

नेपाली कांग्रेस इच्छाकामना द्वारा राहात सामाग्री हस्तान्तरण

कुरिनटार चैत्र २२,

नेपाली कांग्रेस इच्छाकामनाले कोभिड १९ कोरोना भाइरसको प्रवाभले देश लक डाउन गरिए पछि बिचल्लीमा परेका इच्छाकामना गाउँपालिका भित्रका १०० घर धुरी लाई राहत हुने गरि राहत सामाग्री इच्छाकामना गाउँपालिका लाई हस्तान्तरण गरेको छ।

कोरोना भाइरसको कारण देश लकडाउन गरिदा दैनिक ज्याला मजदुरी बाट हातमुख जोड्न पर्ने धेरै नागरिक बिचल्लीमा परेकोले आज इच्छाकामना गाउँपालिका नेपाली कांग्रेस सभापती तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठको नेतृत्वमा १०० पोका  राहात सामाग्री गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ लाई हस्तान्तरण गरिएको हो। उक्त राहात सामाग्रीको प्रत्येक पोकामा १० kg चामल १/१पोका नुन, स्वायबिन, तेल, दाल र साबुन रहेको छ।

एक द्वार सहयोग प्रणाली अनुरुप राहात वितरण हुने हुदा राहत सामाग्री सहयोग गर्न स्थानीय निकाय मार्फत मात्र गर्न पाइने प्राबधान रहेको छ।