वडा अध्यक्ष भुजेलको नेतृत्वमा देवघाटका आश्रममा ताजा तरकारी वितरण

वडा अध्यक्ष भुजेलको नेतृत्वमा देवघाटका आश्रममा ताजा तरकारी वितरण

देवघाट २३ चैत,

कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर लकडाउनको घोषणा गरेको छ । यस्तो अवस्थामा देवघाट स्थित आश्रममा रहेका व्यक्तिहरुले खान नपाउने स्थिति सिर्जना हुन थालेको भन्दै भरतपुरमहानगर २५ वडा अध्यक्ष विजय कुमार भुजेलको नेतृत्वमा स्थानिय युवाहरुले देवघाटका आश्रमहरुमा तरकारी वितरण गरेका छन् ।

वडा अध्यक्षको पहलमा व्यवसायीक तरकारी खेती गर्दै आएका आठ व्यवासायीक युवा कृषकहरूले आफनै बारीको तरकारी संकलन गरेर शनिवार देवघाटको आश्रमहरुलाई वितरण गरेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर २५ का समिर भुषाल, सुमन सुवेदी, सुजन भण्डारी, श्याम भुजेल, प्रदिप चपागाईं, गोपी न्यौपाने, मणी सापकोटा र हरिचन्द्र मित्राकोटीले आफनो बारीमा भएको तरकारीहरु संकलन गरी वडा अध्यक्षको नेतृत्वमा  वितरण गरेका हुन् ।

उनीहरुले देवघाट क्षेत्रमा रहेका ७ आश्रम सहित केही स्थानीयहरुलाई २ सय केजी फर्सी, १ सय केजी काउली, ५० केजी बोडी, २ सय केजी वन्दा, २ सय केजी काक्रो र ९० दर्जन केरा वितरण गरेका थिए । लकडाउनको निर्णयसँगै आफ्न्त नहुने आश्रममा बसेकाहरुलाई संकटको बेलामा सहयोग गनुपर्ने दायीत्व सम्झियर सहयोग गरेको युवाहरुले बताएका छन् । राहत वितरण कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष बिजय कुमार भुजेलको समेत उपस्थिती रहेको थियो ।