छिमेकी होस् त यस्तो पो….

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिका ६ तुन्तेषका कुल बहादुर घर्ती र चन्द्र बहादुर घर्तीको घर शनिबार आगलागी भई जलेर नष्ट भयो । आगलागीबाट मानवीय क्षती भएन तर घरमा रहेका लुगाफाटो र सम्पूर्ण खाद्यान्नहरु जलेर नष्ट भएपछि बिचल्लीमा परेका छन् । आगलागीबाट ती दुई परिवार विचल्लीमा परेपछि वडा नम्बर ६ कै छिमेकी गाउँ तल्लो ढुंग्रेका स्थानीयहरु आइतबार विहानै झण्डै एक घण्टाको बाटो हिडेँर राहतका सामाग्री बोकेर पुगेका छन् ।
स्थानीय यूवा नेता याम बहादुर गुरुङको नेतृत्वमा स्थानीयहरुलेआ–आफ्ना घरमा रहेका कोदो मकै नुन तेल र कपडाहरु समेत सहयोग गरेका हुन् ।
कुल बहादुर र चन्द्र बहादुरको घर सोलार सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको छ । छिमेकीहरु विहान झिसमिसेमै पीडितको घाउमा थोरै भएपनि मलम पट्टी लगाउन पुगे पनि अहिले सम्म कुनै सरकारी तथा अन्य सहयोगीहरु पुगेका छैनन् ।
