वेनिघाट रोराङ प्रवेश गर्न साथ गर्छ फोहोर र दुर्गन्धले स्वागत।

वेनिघाट रोराङ प्रवेश गर्न साथ गर्छ फोहोर र दुर्गन्धले स्वागत।

हुक्दिखोला २५ चैत्र,

विश्व माहामारी जन्य रोगको कारण थलिरहेको वर्तमान अवस्थामापनि नेपालमा भने माहामारी जन्य रोगको मुख्य कारक सरसफाइमा हेल्चेक्राइ गरिरहेको एउटा उदाहरण प्राप्त भएको छ धादिङको बेनिघाट रोराङ गाउँपालिका बाट।

लाइफ लाइनको रुपमा रहेको पृथ्वी राजमार्ग  हुँदै राजधानी आउने यात्रु लाई धादिङको बेनिघाट रोराङ गाउँपालिका प्रवेश गर्न साथ स्वागत गर्छ सिनुको गन्ध र प्लाष्टिक लगायत अन्य बस्तु जलाएको धुवाले। गाउँपालिकाले मुख्य बजार छेत्रमा कुहिने र नकुहिने फोहोर जम्मा गर्न डस्विन बितरण गरि बेला बेला फोहोर उठाउदै आए पनि जम्मा भएका फोहोरको सहि ब्यवस्थापनमा ध्यान नदिदा सडक छेउमा फोहोर फाल्न र आगो लगाउन गाउँपालिका आफै बाध्य भएको बुझिएको छ। जस्ले महामारी जन्य रोग फैलिनेहो कि भन्ने डर पैदा गरेको छ।

बेनिघाट रोराङ गाउँपालिकाको हुक्दी खोला र जवाङ खोलाको विचमा पर्ने चुन ढुंगा खानी नजिक फैलीरहेको दुर्गन्ध र जलि रहेको प्लास्टिक देखे पछि स्थानीय सन्तोष पौडेलले भिडियो र फोटो खिची सामाजिक संजालमा प्रविस्ट गरे पछि। सरसफाइको परिचित अभियन्ता आशिका तामांगले पनि भिडियो सामाजिक सन्जाल फेसबुकमा प्रविस्ट गर्दै गाउँपालिका अध्यक्ष  पित्त बहादुर डल्लाकोटीको ध्यानाकर्षण गराउने प्रयास गरे पछि अहिले त्यो भिडियो भाइरल बनी रहेको छ। यस बारे गाउँपालिका सङ धारणा बुझ्ने प्रयास गर्दा हामी सङ उपलव्ध कुनै पनि नम्बरमा सम्पर्क हुन सकेन।

स्मरण रहोस बेनिघाट रोराङ गाउँपालिकाको छिमेकी गाउँपालिका इच्छाकामनामा पनि केही समय पहिले फोहोर देखाउदै अभियन्ता आशिका तामाङले भिडियो बनाइ सामाजिक संजालमा अप्लोड गरे पछि। गाउँपालिकाले तत्काल प्रतिक्रिया स्वरूप तिव्र गतिमा काम कार्वाही गरि फोहोरको अनिवार्य सहि ब्यवस्थापन गरि फोहोर मुक्त गाउँपालिका बनाउने अभियानमा अग्रसर भएको छ।

तस्वीर- सन्तोष पौडेल