मरे पछि सम्मान

मरे पछि सम्मान

मरे पछि गुणगान लेख्छन् ।
सत्कर्म उसको पछिमात्र देख्छन् ।।
बुझ्दैन कोहि पनि भाव उसको ।
मरेपछि नै सबले पुकार्छन् ।।

खोजिन्छ बाँचे भरी दोष मात्र ।
चिन्दैन कोहि पनि योग्य पात्र ।।
यस्तैछ बुझ्ने प्रबृत्ति भरोसा ।
गदैछु मर्दा पछिको म आसा ।।

सुन्दैन कोहि पनि आर्त गान ।
बुझ्दैन कोहि पनि स्वाभिमान ।।
बाँचे भरी मौन छ यो मुहान ।
मरे पछि खोज्दछन यो चिहान ।।

सत्कार्यले नै सब दील खुल्छ ।
मरे पछि अझ फुल फुल्छ ।।
चिन्दै नचिन्ने पनि चिन्न थाल्छन् ।
हावाहरुले पनि दिप बाल्छन् ।।

छन् अप्सरा अव्सरवाद भित्र
स्वर्गीय आनन्द झनै विचित्र ।।
बाचे भरी जोगिनकै छ चिन्ता ।
घटाउँदैछु यश बाट निन्दा ।।

निष्कामका साधक भै म बाँचुँ
मरे पछाडी यशलाई साँचुँ ।।
म लान्न केहि चिज छाडिदिन्छु ।
सत्प्रेरणा यो सबलाई दिन्छु ।।