गजल

अस्तित्व पुरै बेचेर ठूलो बन्नु छैन
अरुको सामु झुकेर ठूलो बन्नु छैन
काँडा हटाउनुपर्ने जिम्मा छ हाम्रो
सुन्दर फूल टेकेर ठूलो बन्नु छैन
मलाई देशकै चिन्ता लाग्छ सँधै
आफ्नै हित देखेर ठूलो बन्नुछैन
बरु सकूँ घाउमा मलम लगाउन
दुःखीको मुटु रेटेर ठूलो बन्नुछैन
जहाँ भोकले रोएका छन भुराहरु
त्यहीँ पैसा बोकेर ठूलो बन्नु छैन
