यो देशको सबै भन्दा ठुलो मुर्दाघर हो सिंहदरबार

यो देशको सबै भन्दा ठुलो मुर्दाघर हो सिंहदरबार

आधा अँगालो दाउरा
आधा किलो चामल
आधा किलो आलु
आधा किलो दाल
आधा पाउच तेल
आधा पसर नुन

पानी ?
भो त्यो चाहिएन
हामीसँर्गै आसुहरु प्रशस्त छन्
त्यसैबाट यो एक छाक
जाउलो उमालौंला

न्यानो ?
किन चाहियो त्यो हामीलाई ?
हामीसँग आफ्नै शरीरको
तातो रगत छ
र, त हामी आझै जिउँदो छौँ
र, हिडिरहेका छौँ

हामी ओतौँला जसरी पनि
जाडोको यो शीत
सहौँला यो साझको
नङ्गो ठिही
जब चिसोले कराइरहनेछन्
हाम्रा केटाकेटीहरु
चीर निन्द्रमा हाम्रै अघिल्तिर
मस्तले निदाइरहेको
मुर्दाघरको त्यो उज्यालोलाई
देखाउदै आफ्ना नानीहरुलाई
हामी सुनाउँला
यो देशको एउटा
दुर्दान्त कथा

गाऔँला यो अँध्यारोको
एउटा लोरीगीत

त्यो बिजुलीबत्ती
त्यो चुल्हो बाल्ने ग्याँस
त्यो गाडी गुडाउने इन्धन
त्यो पुर्णिंमाको जुन
त्यो जुनकीरीको उज्यालो
त्यो ओठको मुस्कान
त्यो आँखाको खुसी

लैजाऊ, ती सबै राहातमा
ऊ त्यो मुर्दाघरलाई नै चाहिन्छ
चाहिँदैन हामीलाई

यी सबै वस्तुहरुको
अत्याधिक अपत हुने ठाउँ
हो त्यो मुर्दाघर हो—
सिहदरबार !

स्रोत– प्रतिनिधि कविता, अनिल श्रेष्ठ